२०८३ साउन १० आइतबार

विराटनगरमा रोजगार मेला लाग्ने

ई आर्थिक    मंगलबार, बैशाख ४ २०७५
4.5K
Shares
विराटनगरमा रोजगार मेला लाग्ने
विराटनगर, ४ वैशाख  : नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।

आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुने भएको छ ।

रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजी गर्ने, संघसंस्थाबीच समन्वयकारी भूमिका खेल्दै एकापसमा मिलाउन पुलको काम मात्र गर्ने उहाँले जानकारी गराउनुभयो ।

मेलामा करीब २०० उद्योगीलाई सहभागी गराइने भएकाले त्यसबाट करीब ५०० बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij