२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोक बजारमा

ई आर्थिक    मंगलबार, चैत्र २७ २०७४
3.7K
Shares
एन आई सी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोक बजारमा

काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजारमा खुलेको छ । उक्त शाखाको एक समारोहका बिच भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र यस बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् उद्घाटन भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी रेणु दाहालज्यूले बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिनुभयो ।
उक्त कार्यक्रममा संचालक राजेन्द्रप्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी गराउनुभयो ।

बैंकलाई सर्वसाधारणबाट दर्शाउनुभएकोे प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्फत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार १५४ अर्ब रुपैयाँ भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०६ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३० अर्ब रुपैयाँ पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।
यस बैंकले संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij