२०८३ साउन ९ शनिबार

किरण सुज मेनुफेक्चरद्वारा नेपाल एम्बुलेन्स सर्भिसलाई गोल्डस्टार जुत्ता प्रदान

ई आर्थिक    मंगलबार, चैत्र १३ २०७४
8.2K
Shares
किरण सुज मेनुफेक्चरद्वारा नेपाल एम्बुलेन्स सर्भिसलाई गोल्डस्टार जुत्ता प्रदान

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ । नेपाल एम्बुलेन्स सर्भिसको कार्यालय कालिकास्थान डिल्लिबजारमा, किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ, निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई हस्तान्तरण गर्नुभयो । गोल्डस्टारले उत्पादन गर्ने स्तरिय जुत्ताहरु मध्येकै एक जंगल बुट ४४ जोर हस्तान्तरण गर्नुभयो ।

एम्बुलेन्समा सेवा दिने क्रममा निकै कठिन ठाउँमा समेत पुगेर सेवा दिनु पर्ने कारणले उक्त जुत्ता उपयोगी हुने विस्वास लिईएको छ । गोल्डस्टारका जंगल बुट हिलो र चिप्लोमा नचिप्लीने निकै उपयोगी बुट रहेको छ ।

हस्तान्तरण पछि किरण सुज मेनुफेक्चरका मार्के्टिङ एण्ड ब्राण्डिङ, निर्देशक विदुशी राणाले भन्नुभयो ‘नेपाल एम्बुलेन्स सर्भिससँग जोडिन पाएकोमा हामी निकै खुसी छौं । यो एउटा सानो प्रयास हो, भोलिका दिनमा हामी अझै राम्रोसँग सहकार्य गर्दै अगाडी बढ्ने छौं ।’

नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायले भन्नुभयो ‘गोल्डस्टारसँगको सहकार्यले हाम्रा इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र चालकहरुलाई निकै नै सहयोग पुग्ने छ । भोलिका दिनमा यो सहकार्य अझै बिस्तार हुने हामीले विश्वास लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij