काठमाडौं । गरिमा विकास बैंकले लाजिम्पाटको होटल एम्वेस्डर देखि होटल सांग्रिला सम्मको सडकको दायाबांया वृक्षारोपण कार्यक्रममा सम्पन्न गरेको छ । बैंकले सो सडकको दांया बांयातर्फ साकुरा प्रजातिको विरुवा बृक्षारोपण कार्यक्रममा सहयोग गरेको हो । रक्षामन्त्री ईश्वर पोखरेलद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति सहित सम्पन्न भयोे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै सामाजिक क्रियाकलापहरुमा विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आईरहेको छ । बैंकले आफ्नो केन्द्रिय कार्यालय पोखराबाट काठमाण्डौंमा स्थानान्तरण गरे लगत्तै ‘आफ्नो टोल आफै सफा गरौं’ भन्ने नाराका साथ लाजिम्पाटको होटल एम्वेस्डरदेखि पानीपोखरी सम्मको सडक सरसफाई कार्यक्रम सम्पन्न गर्नुका साथै ११ औं बार्षिकोत्सवको अवसरमा काठमाडौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरु, लगायत चितवन, तनहुं, स्याङ्जा, म्याग्दीका विभिन्न आश्रमहरुका बस्ने जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
त्यसैगरी बैंकले व्यावसायको विस्तारको तीब्रता संगसंगै समाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणसंग सम्बन्धित क्रियाकलापहरुलाई प्राथमिकता दिदै आएको छ । काठमाडांै विषेश गरेर मेलम्चिको पाईप राख्ने क्रममा लगभग ९५० किमी वाटो खनी धूलो भएका कारण महानगरवासी लगायत विदेशी पर्यटकहरु यसको शिकार भइरहेका छन् । यस परिप्रेक्ष्यमा महानगरको हरियाली तथा सरसफाईमा केही लगानी गरेर समाजिक उत्तरदायित्व अन्र्तगत गरिने खर्च उपयोगी र आवश्यक रहेको बैंकको वुझाई छ ।

यस कार्यमा सम्वन्धित निकाय अर्थात महानगरपालिकाको ध्यान जानु पर्ने बैंकले बताएको छ । महानगरपालिकाले मात्र महानगरको सरसफाई राख्न नसक्ने भएकाले आफ्नो जस्ता संघ सस्थाहरु लगायत नगरवासी चासो दिनुपर्ने भन्दै बैंकले महानगरपालिकाले नीतिगत व्यवस्था ल्याएर ‘आफ्नो टोल आफै सफा गरौं’, ‘हरियाली महानगरपालिका वनाऔं’ भन्ने नारा सहितको कार्ययोजना तत्काल ल्याउन पनि अनुरोध गरेको छ ।
गरिमा विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम सञ्चालनमा छन । विकास बैंकले छिट्टै प्रदेश नम्बर १ को मोरङ्ग, झापा र सुनसरीमा गरी १० वटा थप शाखा कार्यालय स्थापना गर्दैछ । बैंकले करिब १८ अर्ब २० करोेड निक्षेप संकलन गरी १६ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ ।