२०८३ साउन ९ शनिबार

कैलाश हेलिकप्टर सर्भिसेजको व्यवसायिक सेवा सुरू, निकट भविष्यमै जहाज थप्ने

ई आर्थिक    सोमबार, चैत्र १२ २०७४
4.4K
Shares
कैलाश हेलिकप्टर सर्भिसेजको व्यवसायिक सेवा सुरू, निकट भविष्यमै जहाज थप्ने

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले व्यवसायिक सेवा सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान संचालन अनुमति (एओसी) प्राप्त गरेपछि कम्पनीले व्यवसायिक सेवा सुरू गरेको हो । एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ एएस३५० बी३ई जहाज (९एन–एएमएल) खरिद गरी नेपाल ल्याइसकिएको छ । यसैबाट कम्पनीले सेवा सुरु गरेको छ । यस हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ ।

कम्पनीले निकट भविष्यमा नेपाली आकाशमा अर्को एक जहाज थप गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।   स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धकमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी सहित बैंकर, उद्योगीलगायतको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा क्या. आशिष शेरचन र प्रबन्ध निर्देशकमा प्रताप जङ्ग पाण्डे रहेका छन् ।

कम्पनीको सेवा सुरुवातसँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पु¥याउन सकिने अपेक्षा कम्पनीले राखेको छ । विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन÷कार्गो स्लीङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धार जस्ता विस्तृत सेवासहित नेपाली आकाशमा उपस्थिति जनाउने  कम्पनीले जानकारी दिएको छ ।नेपालमा हाल व्यावसायिक गतिविधि मुलुकभर विस्तार भइरहेको छ । यससँगै मुलुकका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न सकेको छैन ।

नेपालको उड्डयन क्षेत्रमा हाम्रो उपस्थितिले यी आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । राज्यको निर्धारित मापदण्ड पुरा गरी वायुयान सञ्चालन अनुमति (एओसी) प्रदान गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण प्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij