२०८३ साउन ९ शनिबार

ग्लोकल टिन हिरोको लागी पुनः सम्झौता, बैशाख २२ मा आवेदन खुल्ने

ई आर्थिक    सोमबार, चैत्र १२ २०७४
3.6K
Shares
ग्लोकल टिन हिरोको लागी पुनः सम्झौता, बैशाख २२ मा आवेदन खुल्ने

काठमाडौं । सिजी फुड्स र ग्लोकल प्रा. लि.ले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भयो ।
वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो ।
किशोर–किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर( किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर–किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

‘हामी किशोर–किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं । दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ । हामी यो अवसरमा सामान्य जनतालाई यो अवगत गराउन चाहन्छौं कि यो हामी हाम्रो तरफबाट समाज कल्याणका लागी र किशोर( किशोरीहरुको समर्थनको लागी गर्दै छौँ ।’ सिजी फुड्सका सीईओ जी. पी. शाहले भन्नुभयो ।

वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरो को नाम अघि बढाउन हर्षित भएको ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी गराउनु भयो ।
‘सिजी फुड्ससंगको सम्झौताले अझै उर्जा मूल्य थपेको छ र हामीले तिन बर्ष देखि गर्दै आएको काममा सफल भएका छौँ । किशोर–किशोरीहरु, हामी यो बर्ष अझै भव्य रुपमा अघि बढेका छौँ ।’

पहिलो दोस्रो र तेस्रो बर्ष को अविश्वनीय प्रतिक्रियाले ग्लोकल टिन हिरोको ध्येयलाई थप प्रोत्साहन मिलेको छ जसले अझै किशोर( किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको रास्ट्रिय सम्मान गर्न अझै प्रोत्शहित गरेको छ ।

अझै उर्जाका साथ् यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन यही बैशाख २२ गते खुल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij