२०८३ साउन ९ शनिबार

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर सुचिकृत

ई आर्थिक    बिहिबार, चैत्र ८ २०७४
5.2K
Shares
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर सुचिकृत

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा विक्री प्रबन्धकत्वमा रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत गरिएको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले शेयर बाँडफाँट भएको छोटो समयमा नेपाल स्टक एक्सचेन्ज तथा सि डि एस सी एण्ड क्लियरीङ्गमा शेयर सूुचिकृत गर्न सफल भएको हो । सूुचिकृत भएलगत्तै डिम्याट खातामा जम्मा गरिएका शेयरको दोश्रो बजारमा सर्वसाधारणहरुले खरिद बिक्री गर्न सक्ने छ्न ।

एन आई सी एशिया क्यापिटलले साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धन गरेकोे आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर बाँडफाँट भएको २ साता मै शेयर सूुचिकृत गर्न सफल भएको हो । यसअघि आवेदनमा पूर्णरुपमा सि–आस्बा प्रणाली लागु गरिए पश्चात एन आई सी एशिया क्यापिटलले शेयर आवेदन बन्द भएको २ दिनमै बाँडफाँट गरी नविन कोशेढुङ्गा स्थापना गर्न सफल भएको थियो ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले द्रुत गतिमा कार्य सम्पादन गर्नुका साथै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सि डि एस सी एण्ड क्लियरीङ्ग लगायत अन्य नियामक निकायहरुको समन्वयमा छोटो समयमा शेयर निष्काशन गरी बाँडफाँट तथा सूुचिकृत गर्न सफल भएको हो ।

निष्काशन तथा विक्री प्रबन्धकसँगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचल फंड, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij