काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भयो । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारणसभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूंजीको ५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड पुगेको छ ।
आ.व. २०७४/७५ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप रु. ५२.१७ अर्ब र कर्जा रकम रु. ४७.०२ अर्व परिचालन गरी रु. ३९.२७ करोड सञ्चालन मुनाफा र रु. ३२.५१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।