२०८३ साउन ११ सोमबार

अवकाश पाइसकेका प्रधान न्यायधिश पराजुलीद्वारा राष्ट्रपति भण्डारीलाई सपथ, सपथ खुवाउनु अघि नै पराजुली पदमुक्त

ई आर्थिक    बुधबार, फाल्गुन ३० २०७४
1.7K
Shares
अवकाश पाइसकेका प्रधान न्यायधिश पराजुलीद्वारा राष्ट्रपति भण्डारीलाई सपथ, सपथ खुवाउनु अघि नै पराजुली पदमुक्त

काठमाडौं । अन्ततः अवकाश पाइसकेका प्रधान न्यायधिस गोपालप्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाएका छन् ।
उमेर हदका कारण गत साउनमै अवकाश पाएको ठहर भएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति पदमा निर्वाचित भएकी भण्डारीलाई सपथ खुवाएका हुन ।

भण्डारीलाई सपथ गराउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीको हाल कायम रहेको पदावधि असंवैधानिक भएको निर्णय न्याय परिषदले सुनाएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषदलाई पठाएको पत्रमा उनको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीश पदमा नरहेको सपथ खुवाउनु अघि नै जानकारी गराइएको थियो ।

न्याय परिषदका सचिव नृपध्वज निरौलाद्वारा हस्ताक्षर गरिएको पत्रमा न्याय परिषद् ऐनको दफा ३१ अनुसार कुनै न्यायाधीश उमेरका कारण अवकाश हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनुपर्ने प्रावधान उल्लेख गरिएको छ । न्याय परिषद् सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण हेर्दा उनले अवकाश पाउने उमेर गत साउनकै कायम रहेको देखिएको प्रधान न्यायनिधशको नाममै लेखिएको पत्रमा उल्लेख थियो ।

न्याय परिषद्ले यसको बोधार्थ राष्ट्रपतिको कार्यालय शितल निवासमा समेत पठाइसकेको छ ।

यसैबीच पदभार ग्रहण पछि राष्ट्रपति विद्यादेबी भण्डारीले राष्ट्र र जनताको पक्षमा काम गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij