२०८३ साउन ९ शनिबार

इलाममा विष्फोट, स्थानीय एक व्यापारीको मृत्यु

ई आर्थिक    शनिबार, फाल्गुन २६ २०७४
4.1K
Shares
इलाममा विष्फोट, स्थानीय एक व्यापारीको मृत्यु

शनिबार, २६ फागुन २०७४, मंगलबारे, इलाम–इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो ।

राईको आज साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ । राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

माछा मार्न ब्लास्टिङ बनाउने क्रममा विष्फोट भएर नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij