२०८३ साउन ९ शनिबार

द्विपक्षीय व्यापार बढाउन भियतनामका राष्ट्रपति समक्ष नेपाली व्यवसायीको अनुरोध

ई आर्थिक    शनिबार, फाल्गुन २६ २०७४
4.2K
Shares
द्विपक्षीय व्यापार बढाउन भियतनामका राष्ट्रपति समक्ष नेपाली व्यवसायीको अनुरोध

काठमाडौं । भारतको भ्रमणमा रहेका भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङ्ग समक्ष नेपालका लागि भियतनामका कन्सुल राजेश काजी श्रेष्ठको नेतृत्वमा भारत गएको एक प्रतिनिधि मण्डलले भेट गरी द्विपक्षीय सम्बन्ध विस्तारका बारे छलफल गरेको छ ।

भेटघाटको क्रममा भियतनामका कन्सुल राजेश काजी श्रेष्ठले दुई देश वीचको आर्थिक, व्यापारिक तथा पर्यटन विस्तारका लागि हवाई सम्पर्क विस्तारका लागि अनुरोध गर्नुभयो । भियतनामले सूचना प्रविधि, कृषि तथा प्रविधिमा गरेको सफलता तथा अनुभव नेपालको विकासका लागि आवश्यक रहेको कुरा बताउँदै उहाँले नेपालमा लगानी विस्तारका लागि समेत अनुरोध गर्नभयो । साथै भियतनाममा अधिकांश बौद्ध धर्मावलम्वी रहेको हुँदा बुद्धको जन्मभुमि नेपाल उत्कृष्त गन्तव्य रहेको समेत जानकारी गराउनुभयो ।

छलफलका क्रममा नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपक मल्होत्रा, महासचिव गोपाल दास मानन्धर, सदस्यहरु दिपक काजी तुलाधर तथा पहलमान गुरुङले दुई देश वीच व्यापारिक सम्बन्ध विस्तारमा संघले विभिन्न कार्य गर्दै आइरहेको कुरा बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij