२०८३ साउन ११ सोमबार

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

ई आर्थिक    शनिबार, फाल्गुन २६ २०७४
2.5K
Shares
ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप दुई शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नरपालिका वडा नं. ४, कुशल चोकमा आफ्नो ७३ औँ र सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नंं. ६, कठौना बजारमा ७४ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उप–मेयर श्रीमती यमुना बिष्ट तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।

उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी सोहि मितिमाा सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।
कठौनामा खोलिएको सेवाको लागि स्थानिय शिव नारायण चौधरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij