२०८३ साउन ९ शनिबार

स्टिल र एल्मुनियम आयातमा करबारे अमेरिका नरम

ई आर्थिक    शुक्रबार, फाल्गुन २५ २०७४
8.2K
Shares
स्टिल र एल्मुनियम आयातमा करबारे अमेरिका नरम
फाल्गुन २५, २०७४, वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्टिल र एल्मुनियम आयातमा कर लगाउने योजनाबारे केही नरम बनेका छन् । धातुको ठूलो मात्रामा आपूर्ति गर्ने क्यानडा र मेक्सिकोलाई छुट दिन सकिने ह्वाइटहाउसले जनाएको हो ।

ह्वाइटहाउस प्रवक्ता सराह स्यान्डर्सले यी दुई देशलाई राष्ट्रिय सुरक्षाका आधारमा छुट दिन सकिने बिहीबार बताएकी हुन् । स्टिल र एल्मुनियममा कर लगाउने घोषणा गरेपछि उनको तीव्र आलोचना भएको थियो ।

ट्रम्प प्रशासनभित्रकै केही अधिकारीले व्यापारिक युद्धले क्षति पुर्‍याउने भन्दै उक्त नीति कार्यान्वयन नगर्न आग्रह गरेका थिए । कर लगाउने निर्णयलाई ट्रम्पले केही दिनभित्र अन्तिम स्वीकृति दिने ह्वाइटहाउसले जनाएको छ ।
विदेश र रक्षा मन्त्रालयलेलचिलो हुन अन्तिम समयमा राष्ट्रपतिलाई अपिल गरेका छन् । राष्ट्रपति ट्रम्पले स्टिलका सामानमा २५ प्रतिशत र एल्मुमिनियमका सामानमा १० प्रतिशत कर लगाउने बताएका छन् ।
तर कर लगाउने योजनाले व्यापार युद्ध ल्याउन सक्ने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन् । अमेरिकाभित्रै र अन्य देशमा समेत विरोधहरू भए पनि राष्ट्रपति ट्रम्पले यो साताको अन्त्यसम्ममा कर लगाउने निर्णयमा हस्ताक्षर गर्ने स्यान्डर्सले बताएकी हुन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij