२०८३ साउन ९ शनिबार

विश्वमै शक्तिशाली क्षेप्यास्त्र रूससँग, संसारको कुनै पनि स्थानका प्रहार गर्न सक्ने पुटिनको दाबी

ई आर्थिक    शुक्रबार, फाल्गुन १८ २०७४
2.8K
Shares
विश्वमै शक्तिशाली क्षेप्यास्त्र रूससँग,  संसारको कुनै पनि स्थानका प्रहार गर्न सक्ने पुटिनको दाबी
फाल्गुन १८, २०७४, मस्को — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो देशसँग विश्वकै शक्तिशाली क्रुज क्षेप्यास्त्र भएको दाबी गरेका छन् । राष्ट्रका नाममा गरेको वार्षिक सम्बोधनका क्रममा पुटिनले उक्त क्षेप्यास्त्रले संसारको कुनै पनि स्थानका प्रहार गर्न सक्ने दाबी गरेका छन् ।राजधानी मस्कोमा बोल्दै पुटिनले यो रूसको अभूतपूर्व सफलता भएको दाबी गरेका छन् ।
बिहीबार मस्कोमा पुटिनले टेलिभिजनमार्फत उक्त क्षेप्यास्त्र प्रदर्शन गर्दै यसलाई अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी क्षमता वा पानीमुनिका ड्रोनले पनि रोक्न नसक्ने दाबी गरे । सम्बोधनका क्रममा पुटिनले आगामी ६ वर्षभित्र देशको गरिबी आधामा झार्ने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘हरेक नागरिकको हामीलाई मतलब छ ।’ साथै पुटिनले थप रोजगारीका अवसर सिर्जना गर्ने र औसत आयु जापान र फ्रान्सको तहमा पुर्‍याउने दाबी गरे ।
रूसमा सन् २००० मा ४ करोड २० लाख मानिस गरिबीको रेखाभन्दा तल रहेका थिए । हाल करिब २ करोड मानिस गरिबीको रेखामुनि रहेको सरकारी प्रतिवेदनमा उल्लेख छ । पुटिनले सिरियाली सरकारको पक्षमा गरेका आक्रमणले रूसी प्रतिरक्षा प्रणाली झन् सुदृढ भएको प्रमाणित भएको दाबी गरे ।
सम्बोधनका क्रममा पुटिनले विगत केही वर्षमा रूसले प्रविधिको क्षेत्रमा उल्लेख उपलब्धि हासिल गरेको बताए । उनले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र रोबोट निर्माणका क्षेत्रमा निकै प्रगति गरेको जनाए । उनले ‘भ्रष्टाचार नियन्त्रण गर्न पारदर्शी रूपमा सबै सरकारी कारोबार डिजिटल प्रविधिमार्फत’ गर्ने उद्घोष गरे । साथै, पुटिनले देशका पूर्वदेखि पश्चिमसम्मका ग्रामीण भेगका नागरिकका लागि इन्टरनेट उपलब्ध गराउने बताए । पुटिन उक्त भाषण राष्ट्रपतीय निर्वाचन अघिको अन्तिम भएको जनाइएको छ । १७ दिनपछि हुने चुनावमा उनका ७ प्रतिस्पर्धी छन् ।
तर पुटिन पुन: निर्वाचित हुने लगभग पक्का छ । बुधबारको टेलिभिजन बहसमा राष्ट्रपतिका अन्य आकांक्षीले भाग लिए पनि उनी सहभागी भएका थिएनन् । यसअघि रूसका विपक्षी दलका नेता एलेक्सी नाभाल्नीले आफूलाई निर्वाचन आयोगले राष्ट्रपतीय निर्वानमा भाग लिन रोक लगाएपछि चुनाव बहिस्कारका लागि आग्रह गरेका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij