काठमाडौं । प्रभु बैंक लिमिटेडले भैरहवा शाखालाई स्थानान्तरण गरेको छ । रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणपथ, गणतीटावरमा रहेको शाखालाई साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरिएको हो । उक्त शाखाले स्थानीयहरुलाई वित्तीय कारोबारमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
उक्त शाखा स्थान्तरणका उद्घाटन नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले गर्नुभएको थियो ।
बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकअरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरेको जानकारी दिएको छ ।