नयाँदिल्ली (एजेन्सी)– भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । “जगदिशपुर जिल्लाको चन्डोलमा ट्रक र अटो रिक्सा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको बरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
पीडित एक धार्मिक कार्यक्रममा सहभागी भएर अटो रिक्सामा फर्किदै थिए,” प्रहरी अधिकारी रजनीकान्त मिश्रले बताए । उक्त दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । घाइतेहरुमध्ये दुई जनाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको उनको भनाइ छ ।
भारतमा यस्ता सवारी दुर्घटनाहरु अत्याधिक हुने गरेका छन् । यो संसारकै सबैभन्दा धेरै दुर्घटना हुने देशमा पर्दछ । एक तथ्यांकअनुसार भारतमा दैनिक चार सय जनाको सवारी दुर्घटना कै कारण मृत्यु हुने गरेको छ । पर्याप्त मर्मत नगरेको सवारी साधन, विग्रेको बाटो र चालकको लापर्बाहीका कारण यती धेरै दुर्घटना हुने गरेको अधिकारीको भनाइ छ ।