२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंक रुपन्देहीको खैरेनीमा

ई आर्थिक    मंगलबार, फाल्गुन ८ २०७४
4.1K
Shares
एन आई सी एशिया बैंक रुपन्देहीको खैरेनीमा

काठमाडौं । एन आई सी एशिया बैंकले देवदह न. पा. ५, खैरेनी, रुपन्देहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले उद्घाटन गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनी शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij