२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

ई आर्थिक    बुधबार, फाल्गुन २ २०७४
2.8K
Shares
एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देही स्थित कोटिहवा शाखा सञ्चालनमा आएको छ । उक्त बैंकको एक समारोहका बिच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलले विधिवत् उद्घाटन सु–सम्पन्न भयो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एकमा पर्दछ । कोटिहवा शाखा सञ्चालन सँगै यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij