• २०८३ साउन ११ सोमबार
  • Preeti to Unicode
  • Unicode to Preeti
ई-आर्थिक

२०८३ साउन ११ सोमबार

  • Preeti to Unicode
  • Unicode to Preeti
ई-आर्थिक
  • गृहपृष्ठ
  • विशेष सामाग्री
  • उद्योग
  • अटो
  • नारी
  • पर्यटन
  • विकास
  • अन्तर्वार्ता
  • वित्त बजार
    फाइनान्स कम्पनीबाणिज्य बैंकबीमालघुवित्तविकास बैंक
  • शेयर
  • सहकारी
  • बाणिज्य
  • शिक्षा
  • आर्थिक टिभी
  • अन्य
    समाचारडिजिटल विशेषांककृषिलेख विचारराजनीतिरोजगारस्वास्थ्यअचम्मको संसारब्रान्ड टकसमाज
  • गृहपृष्ठ
  • विशेष सामाग्री
  • उद्योग
  • अटो
  • नारी
  • पर्यटन
  • विकास
  • अन्तर्वार्ता
  • वित्त बजार
    • फाइनान्स कम्पनी
    • बाणिज्य बैंक
    • बीमा
    • लघुवित्त
    • विकास बैंक
  • शेयर
  • सहकारी
  • बाणिज्य
  • शिक्षा
  • आर्थिक टिभी
  • अन्य
    • समाचार
    • डिजिटल विशेषांक
    • कृषि
    • लेख विचार
    • राजनीति
    • रोजगार
    • स्वास्थ्य
    • अचम्मको संसार
    • ब्रान्ड टक
    • समाज

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा, अमेरिकासँग वार्ता हुदैन– उत्तर कोरिया

ई आर्थिक    शुक्रबार, माघ २६ २०७४
2.1K
Shares
उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा, अमेरिकासँग वार्ता हुदैन– उत्तर कोरिया

सोल, २६ माघ । दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ ।

उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरिया पुगेको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ ।

Salapa Development Bank

Green Development

उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुनुहुन्छ । उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि हुनुहुन्छ ।

नाम नेतृत्वको प्रतिनिधिमण्डल बोकेको विमान शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सेतो रङ्गको जेट विमान शुक्रबार सो विमानस्थलमा अवतरण गरेको यहाँका राष्ट्रिय टेलिभिजनहरुले श्रव्यदृश्य प्रशारण गरेका समाचारमा जनाइएको छ ।

सो विमानस्थलमा उक्त विमान अवतरण गर्दा सुरक्षा व्यवस्था अघिल्लो समयको भन्दा कडा बनाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी तथा हवाई उड्डयन क्षेत्रका अधिकारीहरु सो विमानस्थलमा उपस्थित थिए ।

उत्तर कोरियाको राष्ट्रिय झण्डा राखिएको उक्त विमानमा उत्तर कोरियाली नेता नामको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ ।

उक्त प्रतिनिधिमण्डल आइतबारसम्म यहाँ रहने छ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले यसअघि नै औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकोले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने समाचारहरु आइरहेका छन् । तर यस विषयमा भने उत्तर कोरियाले केही बताएको छैन ।

राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत

उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गर्नुभएको जनाइएको छ । दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उक्त प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो ।

मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि उहाँहरुको स्वागतका लागि उक्त विमानस्थलमा पुग्नुभएको एकता मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विदेशीहरुको स्वागतका लागि दिने उच्चस्तरीय सम्मान दक्षिण कोरियाले दिएको बताइएको छ । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ ।

यस खेलकूदको शुक्रबार उद्घाटन हुदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ ।

अमेरिकासँग वार्ता हुदैन– उत्तर कोरिया

यसैबीच ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियामा रहदा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग द्विपक्षीय वार्ता नगर्ने स्पष्ट गरेका छन् ।

दक्षिण कोरियामा भेटवार्ताका सम्बन्धमा कुनै पूर्व तयारी र सम्भावना पनि नरहेको उत्तर कोरियाले स्पष्ट गरेको बताइएको हो ।

शुक्रबारदेखि दक्षिण कोरियामा सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदकका लागि उत्तर कोरियाका उच्च सरकारी अधिकारी त्यहाँ गएका छन् ।

यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको थियो ।

तर पनि सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृतगर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

E aarthik

चर्चित

१.

आत्मदाहको प्रयास गरेका उद्योगी तथा समाजसेवी राउतको निधन, आर्थिक तनाब र पारिवारिक झगडा रहेको समाचारले परिवार दुःखी

२.

विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३ प्रति निजी क्षेत्रको असहमति, तत्काल स्थगन गर्न इप्पानको माग

३.

कृषि कर्ममा छोरा नातीलाई चुनौति दिने बयोबृद्ध राउत दम्पत्ती, मेहनत र समाजसेवाको बने प्रेरणादायी उदाहरण

४.

व्यवसायी तथा समाजसेवी अस्मिन राउतको थुप्रै संयोग रहेको आत्मदाहको कथा

५.

इमाडोलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

६.

कुमारी बैंकद्वारा बाजुराका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

ताजा अपडेट

१.

काँकडभिट्टा-लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति


२.

ग्यास अभावको कारण आयात होइन, अत्यधिक जगेडा: एलपी ग्यास उद्योग संघ


३.

गण्डकीका दूध उत्पादक किसानले गत आवमा पाए ५ करोड ५८ लाख अनुदान


४.

नियम उल्लंघन गर्ने दुई विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही


५.

प्रतिबन्धित वस्तुको बिक्रीवितरण नगर्न वाणिज्य विभागको ध्यानाकर्षण


६.

२६ सय ८८ मिटर लामो नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा, राजधानी प्रवेश अब झन् सहज



सम्पर्क

सिभिल मिडिया प्रा. लि., बुद्धनगर, काठमाडौं
फोन : ०१–४१०२६३१
मोबाइल नं. : ९८५१०२३८४९
इमेल : [email protected]

सूचना विभाग द.प्र.प.नं. : ९२/०७३–०७४

प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ५७५
दर्ता मिति : २०७३/१२/०४

हाम्रो टिम

प्रबन्ध निर्देशक
सदेश खड्का

प्रधान सम्पादक
धनबहादुर राउत (रोशन)

पुरा टिम
महत्वपूर्ण लिंकहरु
  • प्रिती टु युनिकोड
  • युनिकोड टु प्रिती
  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टिम
सोसल मिडिया
  • फेसबुक
  • ट्विटर
  • युट्युब
  • इन्स्टाग्राम

© 2026 All right reserved to earthik.com | Site By : Sobij