२०८३ साउन ९ शनिबार

एभरेस्ट होटेल सञ्चालक मस्कुर अहमद लारी पक्राउ

ई आर्थिक    बिहिबार, माघ २५ २०७४
6.6K
Shares
एभरेस्ट होटेल सञ्चालक मस्कुर अहमद लारी पक्राउ

बिहीबार, माघ २५, २०७४, काठमाडौं । पाँच तारे होटल एभरेष्टका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका लारीलाई आज उनको निवास महाराजगञ्जबाट पक्राउ गरेको हो । सो कुराको पुष्टि प्रहरीले गरेको छ ।

विमानस्थल हुँदै गएको २५० केजी चरेस बरामद उक्त घटनामा एभरेस्टका मालिक लारीको कनेक्सन भेटेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो । काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट उनी दोषी ठहर भए पनि लामो समयदेखि फरार थिए। लारी २०६९ सालदेखि प्रहरीको फरार सूचिमा थिए ।

लारी होटल एभरेस्टका संस्थापक मकबुल अहमद लारीका भतिज हुन्। पञ्चायतकालमै लखनउबाट नेपाल आएका लारी परिवार पहिला मदिरा व्यवसायमा आबद्ध थिए । मदिरा आपूर्ति गर्न लारी परिवारले लारी डिस्टिलरी स्थापना गरेका थिए।

मदिराको व्यापारबाट प्रसस्त पैसा कमाएका लारी परिवारले एभरेस्ट होटलका साथै लखनउ र कोलकातामा होटेल व्यवसाय विस्तार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij