काठमाडौं । सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा लगानीकर्ताहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बरावरको रकम रोक्का राखी धितोपत्र बाँडफाँट पछि आवेदकको बाँडफाँटमा परेको धितोपत्र बरावरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डबाट “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मार्फत आस्वा प्रणाली लागू गरिएको हो ।
आस्वा अन्र्तगत कम्प्युटरकृत प्रणाली मार्फत एकिकृत गरी आवेदन दिने कार्यलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले (सि—आस्वा) प्रणाली लागू गर्न सिडिएस एण्ड क्लियरिङ्ग लि.ले तयार गरेको “धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७४” यस बोर्डबाट स्वीकृत गरिएको हो ।
उक्त निर्देशिका बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लि.बाट सफ्टवेयर तयार गरी मिति २०७४÷११÷११ गते देखि अनिवार्य रुपमा (सि—आस्वा) प्रणाली लागू गर्न सूचना प्रकाशित गरिएकोमा केही लगानीकर्ता तथा संचार माध्यमहरुलाई लगानीकर्ताहरुले आवेदन गर्दा अनलाईन मार्फत मात्र गर्नुपर्ने भनि भ्रम पर्न गएको सम्बन्धमा यस बोर्डले ध्यानाकर्षण गराएको छ ।
यसभन्दा अगाडि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आ—आफ्नो सफ्टवेयरबाट छुट्टा छुट्टै रुपमा आस्वा मार्फत आवेदन गर्ने व्यवस्था गरिरहेकोमा हाल सिडिएस एण्ड क्लियरिङ्ग लि.बाट एकिकृत सफ्टवेयर तयार गरी सि—आस्वा प्रणाली मार्फत आवेदन दिने व्यवस्था गरिएको हो । सो बमोजिम लगानीकर्ताहरुले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा सि—आस्वा रजिष्टे«शन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ ।
उक्त नम्बर लिई लगानीकर्ता स्वयंम आफै अनलाईन मार्फत आवेदन दिन सक्ने र अनलाइन मार्फत आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गएर सि—आस्वा फारम भरी आवेदन बरावरको रकम रोक्का राखी यस प्रणाली मार्फत आवेदन गर्न सक्ने व्यवस्था गरिएकोे छ ।
यसरी सि—आस्वा प्रणाली मार्फत सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा सि—आस्वा रजिष्टे«शन नम्बर लिई अनलाईन तथा सि—आस्वा फारम भर्ने दुई मध्ये एक प्रकृयाबाट आवेदन दिन सक्ने व्यवस्था रहेको व्यहोरा बोर्डले जानकारी गराएको छ ।