२०८३ साउन ९ शनिबार

चेम्बर र कन्फेडेरेसन अफ वेष्ट बंगाल ट्रेड एसोसिएसनबीच संझौता

ई आर्थिक    बिहिबार, माघ २५ २०७४
6.3K
Shares
चेम्बर र कन्फेडेरेसन अफ वेष्ट बंगाल ट्रेड एसोसिएसनबीच संझौता

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल टे«ड एशेसिएशनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकोतर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एसोसिएशनकातर्फबाट अध्यक्ष शुसिल पोद्धारले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारीपत्रमा भएको हस्ताक्षर कार्यक्रममा नेपालका तर्फबाट भारतको कलकत्ताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सहभागी हुनुहुन्थ्यो ।

समझदारीपत्रमा भएको हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गर्नुभयो । उद्योगलगायत पर्यटन क्षेत्रमा लगानीका लागि उहाँंले भारतीय पक्षसँंग विशेष अनुरोध गर्नुभयो ।

साथै उहाँंले नेपाल र भारतवीचको व्यापार व्यवसाय प्रबद्र्धनका लागि काठमाडौंदेखि भारतको कलकत्तासम्मको हवाई उडानको संख्या बृद्धि आवश्यक भएकोमा जोड दिनुभयो । समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ । नेपाल चेम्वर अफ कमर्सले हालसम्म ५६ मुलुकहरुसँंग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij