काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका वडा नं. १ घर भएका सुमन तामाङ्ग थिङ्गको बैदेशिक रोजगारीका क्रममा निधन भएको कम्पनीले दाबी भुक्तानी गरेको हो ।
तामाङ्गले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए । एक कार्यक्रमका बीच उक्त बीमा दावी भूक्तानी रु. १३,००,०००/- कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले तामाङ्गका पिता सन्तवीर तामाङ्ग थिङ्गको नाममा रहेको चेक उहाँको अर्को छोरा धनबहादुर थिङ्गलाई हस्तान्तरण गर्नुभयो ।