काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स काठमाडौंको न्यूरोडमा शाखा विस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले सो शाखाको उद्घाटन गर्नुभयो ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पु¥याउने प्रयोजनको लागि नयां शाखा खोलिएको बताउनुभयो । अध्यक्ष सिंहले कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु बर्षको पहिलो ६ महिनामा २४३ करोड बराबर प्रिमियम आर्जन भएको जानकारी गराउनु हुंदै कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१–८० को उच्चतम् बोनस दर कायम गर्न सफल रही नेपालको जीवन बीमा बजारमा कम्पनीको सराहनीय योगदान रहेको बताउनुभयो ।
सो शाखा उद्घाटन कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईले समग्रमा हेर्दा कम्पनीको लगानी र जीवन बीमा कोषको स्थिति राम्रो रहेको र कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पूजी रु.२ अरब पुग्ने विश्वास प्रकट गर्नुभयो ।
यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नु पर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसंग तालिम दिन आवश्यक रहेको उहाँले बताउनुभयो । अध्यक्ष चापागाईले गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्च स्तरीय पढाईको लागि छलफल भैरहेको र यसका साथै सम्पुर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्था (ट्र«ेनिङ्ग इन्स्टिच्यूट)को व्यवस्था भैरहेको बताउनु भयो ।