२०८३ साउन ९ शनिबार

धुर्मुस-सुन्तली फाउण्डेसनले तयार गरेको सन्तपुर बस्तिको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

ई आर्थिक    मंगलबार, माघ २३ २०७४
3.5K
Shares
धुर्मुस-सुन्तली फाउण्डेसनले तयार गरेको सन्तपुर बस्तिको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

काठमाडौं, माघ २३ । एकीकृत नमुना सन्तपुर बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । माघ २४ गते हस्तान्तरण गर्ने गरी निर्माण भएको उक्त बस्ती एक दिन अगावै उद्घाटन गरिएको छ।
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो।

उद्घाटन कायक्रममा प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको छ।
२८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन्। गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो।
करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए। सो नमुना बस्ती गत असोज ४ गते शिलान्यास गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij