काठमाडौं । काठमाडौंको मैतिदेवीमा स्पोर्टस् सामाग्रीहरुको होलसेल पसल खुलेको छ । विगत १६ बर्षदेखि साझा भण्डार भोटाहिटीमा भोटाहिटी स्पोर्टस् नामको स्पोर्टस् सामाग्रीको होलसेल व्यापार गर्दै आएको समूहले मैतिदेवीको मूख्य सडक आसपास सो होलसेल पसल सञ्चालनमा ल्याएको हो । सो समूहले लामो समय देखि न्यूरोडमा समेत स्पोर्टस्को होलसेल अर्को पसल सञ्चालन गरिरहेको छ ।

स्पोर्टस्सँग सम्बन्धित सबै किसिमका खेल्ने र खेल खेल्दा लगाउने सामाग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले सो पसल सञ्चालनमा ल्याएको सो होलसेल पसलका सञ्चालक प्रकाश चुडालले जानकारी दिए । ‘मैतिदेवी आसपासदेखि ठूलो क्षेत्र वरपरसम्म स्पोर्टस् सम्बन्धि सामाग्रीको होलसेल पसल छैन ।’ पसल सञ्चालक चुडालले भने– ‘यो पसल सञ्चालनसँगै चावहिल, सिनामंगल, पुतलीसडक, बानेश्वर र कोटेश्वर तथा सो आसपासका क्षेत्रका पसले तथा ग्राहकहरु लाभान्वित हुनेछन् ।’ सो पसलबाट खुद्रामा समेत सस्तो मूल्यमा सामानहरु खरिद गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाई छ ।

सो होलसेल पसलले कम मूल्य देखि अन्तर्राष्ट्रियस्तरका सबै ब्राण्डेड सामानहरुको समेत विक्री वितरण गर्ने जानकारी दिएको छ । सो पसलबाट स्पोर्टस्मा चलेका सबै खाले ब्राण्डका सामानहरु अति सस्तो मूल्यमा उपलब्ध गराउने सञ्चालक चुडालले जानकारी दिए । पसलमा सबै खेल र सबै खेलमा लगाउने सामाग्री एउटै छानामुनि सस्तो मूल्यमा उपलब्ध हुने पसलको मूख्य विशेषता रहेको उनको भनाई छ ।
स्पोर्टस्सँग सम्बन्धित सबैखाले सामाग्री एउटै छाना मुनी पाइने भएपछि आफूहरु लाभान्वित भएको सो पसल पुगेका ग्राहक राजन चौरासियाले बताए । समयको बचत सँगै सामान खोज्न चारैतिर भौतारिने पर्ने झण्झट यस पसलले मुक्त गरिदिएको उनको प्रतिक्रिया थियो ।

सो पसलको एउटै छानामुनी स्पोर्टस् सुज, जर्सी, खेल खेल्दा लगाउने जर्सी, ज्याकेट, टिसर्ट, ट्रफी, म्यूजिकल इन्स्ट्रमेन्टलगायत सबै किसिमका खेल सामाग्रीहरु उपलब्ध छन् ।
काठमाडौंको मैतिदेबी चलेको व्यापारिक केन्द्र मध्येमा पर्दछ । यस्तो स्थानमा खुलेको सो होलसेल पसलले सो क्षेत्र र सो क्षेत्र आसपासका ग्राहक तथा खुद्रा पसलेहरु लाभान्वित हुने विश्वास सो पसलले लिइएको छ ।