२०८३ साउन ९ शनिबार

ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि

ई आर्थिक    बिहिबार, माघ १८ २०७४
5.2K
Shares
ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि

काठमाडौं । ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट ह्याम्पसायरमा सम्पर्क/प्रतिनिधि कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट स्थित सम्पर्क कार्यालयको एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्नुभयो । सम्पर्क कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर डा. नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गर्नुभयो ।

सोहि कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले आफ्नो मन्तव्य राख्दै ग्लोबल आइएई बैंकले देश भित्र मात्र नभएर देश बाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंशा गर्दै बैंकको प्रगतिको कामना गर्नुभयो । उक्त सम्पर्क/प्रतिनिधि कार्यालयको उद्घाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो उक्त कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउदैँ विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत जानकारी गराउनुभयो । उहाँले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । उक्त समारोहमा बेलायतको एल्डरसर्ट स्थित काउन्सिल लिडर डेभिड सिलफोर्ड लगायत उच्च पदस्थ ब्यक्तिहरुले आफ्नो मन्तब्य ब्यक्त गदै बैंकले बेलायतमा कार्यालय सुरु गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यालयको उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस कार्यालय विस्तारमा सहयोग पु¥याउनु हुने सम्पूर्ण निकायहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क/प्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्पर्क/प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु विच व्यापारिक एवं लगानी सम्वन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउने बैंकले जानकारी दिएको छ । यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुनेछ ।

ग्लोबल आइएमई बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्पर्क/प्रतिनिधी कार्यालय खोलिसकेको छ । यी तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क/प्रतिनिधि कार्यालय खोल्नका लागि आगामी दिनमा प्रक्रिया अगाडी बढाउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिनुभयो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ । त्यसैगरी मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij