सबै प्रदेशमा संसद् अधिवेशन आह्वान भइसकेको छ । सुरुमा संघीय सरकारले जारी गरेको कानुनबमोजिम प्रदेश सरकारले आफ्नो कामकारबाही अगाडि बढाउन सक्नेछ । प्रदेशसभाको निर्वाचन भएपछि आकर्षित भएका संविधानको भाग १३ को प्रदेश कार्यपालिका, भाग १४ को प्रदेश व्यवस्थापिका, भाग १५ को प्रदेश व्यवस्थापन कार्यविधि, भाग १६ को प्रदेश आर्थिक कार्य प्रणाली र भाग २० को संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धका विषयलाई पूर्ण कार्यान्वयन गर्न प्रदेशसभा आफंैले कानुन निर्माण गर्नुपर्नेछ।
कानुन मन्त्रालय स्रोतले भन्यो, ‘प्रदेशसभाले महŒवपूर्ण कानुन तत्काल बनाएन भने उसले आफ्नो अधिकार प्रयोग गर्नमा पनि ढिलाइ हुनेछ ।’ प्रदेशसभाले संविधानको धारा १६२ को उपधारा ५ मा आधारित भएर प्रदेश सरकारका नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरणसम्बन्धी कानुन बनाउनुपर्नेछ।
संविधानको धारा १ सय ७१ बमोजिम मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी कानुन तथा संविधानको धारा १ सय ७४ मा आधारित भएर प्रदेश सरकारको कार्य सञ्चालन नियमावली बनाउनुपर्नेछ । यस नियमावलीबमोजिम प्रदेश सरकारको कार्य विभाजन र कार्य सम्पादन हुनेछ।
त्यस्तै संविधानको धारा १९५ (२) मा आधारित भएर प्रदेशसभाको कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्नका सचिवालयको स्थापना र अन्य व्यवस्थासम्बन्धी कानुन बनाउनुपर्नेछ । यसका लागि प्रदेशसभा ऐन र प्रदेशसभा नियमावली आवश्यक छ।
संविधानको धारा १९६ मा आधारित भएर प्रदेशसभाको सभामुख, उपसभामुख तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी कानुन बनाउनुपर्ने अवस्था छ।
संविधानको धारा २१२ (१) मा आधारित भएर प्रदेश आकस्मिक कोषसम्बन्धी ऐन तयार गर्नुपर्नेछ भने धारा २१३ मा आधारित भएर आर्थिक कार्यविधिसम्बन्धी ऐन बनाउनुपर्नेछ । यस ऐनले विनियोजित रकम एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने र आर्थिक कार्यविधिसम्बन्धी व्यवस्था गर्नेछ । यसैगरी धारा २२० (८) मा आधारित भएर जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभासम्बन्धी अन्य व्यवस्थाका लागि प्रदेशसभाले नै कानुन बनाउनुपर्नेछ।
संविधानको धारा २३२ (७) मा आधारित भएर प्रदेशसभाले प्रदेशसभाको अधिकारको सूचीमा परेको विषयमा कानुन बनाउनुपर्नेछ । यसैगरी, संविधानको धारा २ सय ३३ मा आधारित भएर प्रदेशप्रदेशबीचको सम्बन्ध कायम गर्नका लागि प्रदेशसभाले कानुन बनाउनुपर्नेछ । संविधानको धारा २३५ (३) मा आधारित भएर प्रदेश, गाउँपालिका वा नगरपालिकाबीच विवाद समाधान गर्ने प्रक्रिया र कार्यविधिसम्बन्धी कानुन प्रदेशले बनाउनुपर्नेछ।
हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै
दिलबहादुर छत्याल, बुधबार, १७ माघ २०७४, धनगढी – प्रदेश नम्बर ७ को अस्थायी राजधानी घोषणा गरिएको धनगढीमा प्रदेशसभा बैठक भवन, प्रदेश प्रमुख सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सभामुख कार्यालय तथा निवासका संरचना तयार पार्न १५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनगढीले संरचना निर्माणका लागी अनुमानित लागत तयार गरेर विभागमा १५ करोड रुपैयाँ माग गरेको थियो ।
यहाँवाट पठाएको लागत अनुमानलाई आधार मानेर विभागले ७ वटै प्रदेशमा संरचना निर्माणको बजेटका लागी अर्थमन्त्रालयमा माग पेश ग¥यो । अर्थमन्त्रालयले प्रत्येक प्रदेश(७ वटै)मा १५ करोड रुपैयाँका दरले बजेट बिनियोजन गरेर विभागमा पठाएको सहरी विकास तथा भवन निर्माण विभाग धनगढीका प्रमुख रवीन्द्र बोहराले बताए छन् । विभागले पहिलो किस्तामा संरचना निर्माण र व्यवस्थापन भनेर साढे ७ करोड रुपैयाँ रकम पठाएको उनले बताए । ‘यो रकम खर्चभएपछि थप आबश्यक भएको रकम विभागले भुक्तानी गर्ने छ,’ उनले भने।
प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, सभामुखको कार्यालय, मन्त्रालय र निवास तोकिएका सरकारी कार्यालय भवन मर्मत, सुरक्षाकर्मी बस्ने पोष्ट निर्माण, सवारीसाधन पार्किङस्थल, शौचालय निर्माण, रंगरोगनलगायतको व्यवस्थापन गर्नमा रकम खचिर्ने छ।
अहिले भुक्तानी भएको साढे ७ करोड रुपैयाँ खर्च भएपछि आवश्यक थप रकम विभागले पठाउने शहरी विकास तथा भवन निर्माण विभागका लेखा अधिकृत वासुदेव जोशीले बताए।
‘मन्त्रालयबाट १५ करोड बिनियोजन भए पनि भुक्तानी भएको साढे ७ करोड रकम खर्च भएपछि थप चाहिने रकम हामी माग गर्छौ,’ उनले भने । मन्त्रालय, कार्यालय र निवास रहेका भवन मर्मत, आवश्यक थप संरचना निर्माण, व्यवस्थापन र रंगरोगन गर्न रकम खर्चिने उनले बताए । खरिद ऐन २०६३ मा छोटो समयमा महत्वपूर्ण काम गर्नुपर्दा विशेष परिस्थितीमा गराउन सकिने भन्ने प्रावधान अनुरूप प्रदेशसभा बैठकमा काम गराइएको डिभिजन प्रमुख बोहराले बताए।
छिटो काम गर्न सक्नेलाई निर्माणको काम दिइएको बताइको छ । पहिलो बैठक बस्नुअघि माघ २० गतेसम्म सिध्याउनेगरी प्रदेश बैठकसभामा काम भइरहेको उनले बताए । तुरुन्त तयार गरिसक्नुपर्ने प्रदेश सचिवालयको कार्यालय, प्रदेश प्रमुखको निवास, प्रदेशसभाको बैठक भवनमा काम भइरहेको छ । संरचना निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले गरिरहेको छ।
काम लिन हानथाप हुदाँ टेण्डर निकालिँदै
अस्थायी राजधानीमा मन्त्रालय, कार्यालय र निवासको करोडांै रकम खर्चमा संरचना हतारहतारमा बनाउनुपर्ने भएपछि निर्माणको कामको ठेक्का लिन निर्माण व्यवसायीको हानथाप भएका छ । बिनाटेण्डर बनाउन लागिएको काममा राजनीतिक दल, विभिन्न समुहले हस्तक्षेप गरेपछि सहरी विकास तथा भवन निर्माण विभागले टेण्डर आह्वान गरेर काम गराउने निर्णय गरेकोछ । विभिन्न राजनीतिक दल, स्वार्थ समुह, बलप्रयोग गर्ने समुहबाट आफ्ना मान्छेलाई निर्माणको काम दिन व्यापक दवाव आइरहेको प्रमुख बोहराले बताए । दवाव थेग्न नपरोस्, खुला प्रतिस्पर्धा र पारदर्शी होस् भनेर निर्माणको काम ठेक्का दिन सूचना निकाल्ने निर्णय गरेको उनको भनाइ छ । बुधबार वा बिहीबार सूचना निकालिने उनको भनाइ छ।
‘मन्त्रालयको, निवासको काम गर्न छोटो समय(एक साता)को सूचना निकालेर काम लगाउँदा पारदर्शी हुन्छ, प्रतिस्पर्धा हुन्छ र राज्यको रकम बचत हुन्छ भनेर शिलवन्दी दरभाउपत्र आह्वान गर्दैछु,’ उनले भने । मन्त्रालयको संरचना बनाउन समय भएकाले सूचना निकालेर प्रतिस्पर्धाकाट काम गराउन सकिनेछ । प्रदेशसभाको पहिलो बैठक कसेपछि सभामुख चयन गर्न १५ दिन जति लाग्ने र सरकार गठन गर्न अझ बढी समय लाग्ने भएकाले ७ दिनको सूचना निकालेर काम गर्न भ्याइने छ।
विभागमा माग गरिएको विवरण लागत
प्रदेशसभा भवन, प्रदेश प्रमुख सचिवाय र निवास २ करोड
मुख्यमन्त्री र प्रदेश परिषद्को कार्यालय, मुख्यमन्त्री निवास २ करोड
मन्त्रालय २ र ३ २ करोड
मन्त्रालय ४ १ करोड
मन्त्रालय ५ १ करोड
मन्त्रालय ६ १ करोड
मन्त्रालय ७ १ करोड
मन्त्री निवास १ करोड
मन्त्री निवास २ करोड
मन्त्री निवास १ करोड
जम्मा १५ करोड
नागरिकबाट