२०८३ साउन ९ शनिबार

ज्योति विकास बैंकले एससीटी कार्ड प्रतिस्थापन ग¥यो, भिसा डेबिट कार्ड सञ्चालनमा

ई आर्थिक    बुधबार, माघ १७ २०७४
4.7K
Shares
ज्योति विकास बैंकले एससीटी कार्ड प्रतिस्थापन ग¥यो, भिसा डेबिट कार्ड सञ्चालनमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले एससीटी कार्डलाई प्रतिस्थापन गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । एससीटी डेबिट कार्डका ग्राहकहरुले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । बैक ग्राहकहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको पनि प्रतिबद्धता जनाएको छ ।

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे बैंकको भनाई छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराउदै आएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमानै बैंकको १० वटा नयाँ शाखा थप गरी संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिएको छ ।

हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुग्ने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत मदनकुमार महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij