काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आईएमई दर्ता व्यवस्थालाई अनिवार्य गरेको छ । आईएमई दर्ता नभएका मोवाइलमा सिमकार्ड नचल्ने भएको छ ।
आगामी नयाँ बर्ष बैशाख १ बाट मोबाइल खरिद गर्दा यस्तो व्यवस्थालाई अनिवार्य गरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले मोबाइलको अबैध कारोबार रोक्न नयाँ नियम ल्याईएको स्पष्ट पारेको छ । नेपालमा प्रयोग हुने मोबाइल मध्ये १० प्रतिशत मात्र वैधबाटो भएर भित्रने गरेकाले कडाईं गर्न जरुरी रहेको प्राधिकरणको भनाई छ ।
आईएमईआई सुरु भएको २० महिनामा १ करोड ६९ लाखले मात्र दर्ता गराएका छन् । केही वर्ष अघिसम्म सो संख्या ६० प्रतिशतसम्म थियो । मोवाइल हराउने र चोरी हुनेबाट बच्न पनि अहिले आईएमईलाई अनिवार्य ठान्न थालिएको छ ।
नयाँ नियम लागु भएपछि नेपालमा वार्षिक भित्रने मोबाइलको संख्या यकिन हुनुका साथै मोबाइल चोरी समेत नियन्त्रण हुने प्राधिकरणको बुझाई छ । प्राधिकरणले सो प्रणालीका लागि परामर्शदाता नियुक्त गरेर प्राप्त सुझावका आधारमा योजना कार्यान्वयन गर्ने योजनामा रहेको छ ।