२०८३ साउन ९ शनिबार

दोक्लाम सीमामा चीन रुष्ट, भारतले सम्झौता पालना नगरेको चीनको आरोप

ई आर्थिक    शुक्रबार, पौस १४ २०७४
3.3K
Shares
दोक्लाम सीमामा चीन रुष्ट, भारतले सम्झौता पालना नगरेको चीनको आरोप

पुस १४, २०७४, नयाँदिल्ली/बेइजिङ ।  चीनले दोक्लाम सीमा विवाद अन्त्य गर्न दुई देशबीच भएको सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाएको छ । राष्ट्रिय रक्षामन्त्रालयका प्रवक्ता कर्नेल रेन गुओकियाङले बिहीबार बेइजिङमा बोल्दै भारतले सीमा क्षेत्रमा खटाइएका सुरक्षा फौजलाई ‘पूर्ण नियन्त्रण’ नगरेको बताए । चीनको अन्तर्राष्ट्रिय सेनासँगको समन्वयबारे बोल्दै भारतले पूर्णरूपमा सीमा सम्झौता कार्यान्वयन नगरेको दाबी गरे । उनले शान्ति र स्थायित्व कायम राख्न भारत इमान्दार हुनुपर्नेमा जोड दिए ।

डोक्लाम क्षेत्रको विवाद उल्लेख गर्दै रेनले चिनियाँ सेनाले देशको सार्वभौमिकता र सुरक्षा चासोलाई रक्षा गरेको दाबी गरे ।
उनले भने, ‘चिनियाँ सेनाले दोक्लाम र साउथ चाइन समुद्रमा भएको विवादलाई सामना गर्दै चीनको अधिकार र स्वार्थको पूर्णरूपमा रक्षा गरेको छ ।’ भुटानले आफ्नो दाबी गर्ने दोक्लाम क्षेत्रनजिकै चिनियाँ सेनाले सडक निर्माण सुरु गरेपछि गत जुलाई १६ देखि भारत र चीनबीच सीमा विवाद भएको हो ।
चीनले सडक निर्माण रोक्ने र भारतले सेना फिर्ता गर्ने सहमतिपछि ब्रिक्स सम्मेलनको पूर्वसन्ध्यामा उक्त विवाद अन्त्य भएको थियो । दुई देशबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij