२०८३ साउन ९ शनिबार

एभरेष्ट बैंक अन्तर कलेज फुटसलमा टाइम्स च्याम्पियन

ई आर्थिक    बुधबार, पौस ५ २०७४
7.7K
Shares
एभरेष्ट बैंक अन्तर कलेज फुटसलमा टाइम्स च्याम्पियन

काठमाडौं, पौष ३ ।  टाइम्स कलेज एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ । कृतिम प्रकाशमा संचालन भएको फाइनल खेलमा टाइम्सले कसमस कलेजलाई ४–० गोलमा स्तब्ध बनायो । टाइम्सको जितमा नायक बनेका अनिश कार्कीले ह्याट्रिक पुरा गर्दा १ गोल भने आत्माघातीको रुपमा प्राप्त गरेको थियो ।

टाइम्स कलेजले सेमिफाईनमा नेसनल कलेजलाई ३–० गोलले हराउदै फाईनल प्रवेश गरेको थियो भने कसमस कलेजले लुम्बिनी कलेजलाई २–१ गोल अन्तरले हराउदै उपाधि नजिक पुगेको थियो ।

एभरेष्ट बैंकको मुख्य प्रायोजन तथा अष्ट्रेलियन एजुकेशन स्पेसलिष्ट (असिज गु्रप), अर्ना बियर र प्रिज्मा एड्भरटाइजिङको सह–प्रायोजकमा संचालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी कसमस कलेजका अरुण तामाङ चुनिए । टाइम्सका तर्फबाट उत्कृष्ट डिफेन्स समेत गरेका अनिश कार्की उत्कृष्ट डिफेन्डर भए । टाइम्सकै रोमन रसाईली बेष्ट किपर चुनिए ।

धुम्बराही स्थित धन्यन्तरी फुटसलमा सम्पन्न भएको प्रतियोगिताका बिजेता टिमलाई प्रमुख अतिथि एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, बैंककै नायब महा प्रबन्धक राजिब जैन, असिज गु्रपका प्रबन्धक निर्देशक सौरभ खनाल, आयोजक पोक्सी इन्फोटेकका प्रबन्धक निर्देशक नरेन्द्र खड्कालगायतले पुरस्कृत गरेका थिए । मेरिडियन पोलिक्लिनिकको हस्पिटलिटीमा संचालन भएको प्रतियोगिताको बिजेताले ५५ हजार सहित शिल्ड, मेडल प्राप्त गर्दा उपबिजेता बनेको कसमस कलेजले २५ हजार नगद प्राप्त गरेको थियो । एक दिवासिय प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij