२०८३ साउन ९ शनिबार

स्वदेशी लगानी र प्रविधिमा बुढीगण्डकी आयोजना बनाउने मन्त्री परिषद्को निर्णय

ई आर्थिक    शुक्रबार, मंसिर ८ २०७४
5.2K
Shares
स्वदेशी लगानी र प्रविधिमा बुढीगण्डकी आयोजना बनाउने मन्त्री परिषद्को निर्णय

मंसिर ८, २०७४, काठमाडौं । राष्ट्रिय गौरवको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय मन्त्री परिषद्ले गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन (इपिसी) मोडलमा उक्त आयोजना बनाउन पनि लागिएको पनि उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले जानकारी दिए ।

उक्त आयोजनाको गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनयाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको थियो ।
गेजुवासँगको सम्झौता खारेज भएपछि १२ सय मेगावाट क्षमताको बुढीगण्डकी बन्ने÷नबन्ने वा कसलाई दिइने, यसको भविष्य के हुने भन्ने बारेमा आम सर्वसाधारणमा समेत चासो बढेको थियो ।
संझौता खारेजी भएपछि प्रतिपक्षी दलका एमाले नेता केपी ओली लगायतले आफ्नो सरकार आएपछि यो सरकारको निर्णय उल्टाएर पुनः गेजुवालाई नै दिने बताउँदै आएका थिए ।

आज शुक्रबार उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले पत्रकार सम्मेलन गर्दै बुढीगण्डकी अब स्वदेशी लगानीमै बन्ने बताएका हुन् ।

इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन मोडलमा निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय गरेको मन्त्री थापाले जानकारी दिए ।
राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij