२०८३ साउन ९ शनिबार

राजविराजको मुख्य सडकको निर्माण कार्य हुदै

ई आर्थिक    शुक्रबार, मंसिर ८ २०७४
4.8K
Shares
राजविराजको मुख्य सडकको निर्माण कार्य हुदै

मंसिर ८, २०७४, राजविराज – लामो समयदेखि जीर्ण रहेको सप्तरी सदरमुकाम राजविराजको मुटुमै अवस्थित गजेन्द्र चोकदेखि शहीददर्शन चोकसम्मको सडक निर्माण कार्य शुरु भएको छ ।

सडक विभागको सहयोग तथा सडक डिभिजन कार्यालय लहानमार्फत तीन सय मिटर पक्की सडक निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले बताउनुभयो ।

कुल रु एक करोडको योजना रहेकोमा स्थानीय श्यामा कन्सट्रक्सनले पुस महिनाभित्र सम्पन्न हुनेगरी रु ५५ लाखमा ठेक्का लिएको उहाँले जानकारी दिनुभयो ।

सम्झौता अनुसार ३०० मिटर लम्बाइ र सात मिटर चौडाइ भएको उक्त सडकको दुवैतर्फ एक दशमलव पाँच मिटर आरसिसी ढलान गरिने समेत उहाँले जानकारी दिनुभयो । अति व्यस्त मानिने मुख्य सडकलाई जेसिबीले खनेर छाडिदिएपछि धुलाम्मय र कच्ची बाटोमा सर्वसाधारणलाई हिड्न बाध्य हुनुपरेको थियो ।

सब ग्रेड अर्थात जेसिबीले खनेर पुरानो कालोपत्रेलाई झिक्ने र सब बेस ग्राभेल ९१५ से।मि।० कार्य सम्पन्न भइसकेको र बालुवाको प्रिमिक्स कार्पेटिङ अर्थात स्याण्ड सील कार्य पनि चाडै शुरु गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर शोभितलाल ठाकुरले बताउनुभयो ।

यस अतिरिक्त राजविराज नगरको अन्य सडकमा पनि काम थालिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij