२०८३ साउन ९ शनिबार

एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहायता रकम स्वीकार्ने मन्त्रीपरिषद्को निर्णय

ई आर्थिक    बुधबार, मंसिर ६ २०७४
4.5K
Shares
एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहायता रकम स्वीकार्ने मन्त्रीपरिषद्को निर्णय

६ मंसिर, काठमाडौं । सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने सरकारले निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद बैठकले सरकारको आग्रह अनुसार सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकले सहायता बापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको अर्थमन्त्री कार्कीले बताए । बैठकमा निर्वाचनको तयारी र पछिल्लो समय मुलुकभर भएका हिसांत्मक घटनाका बिषयमा पनि छलफल भएको एक मन्त्रीले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij