२०८३ साउन ९ शनिबार

एनआईसी एशिया बैंकको शाखा विस्तार आक्रमक, प्युठानको जुम्रीमा नयाँ शाखा

ई आर्थिक    बुधबार, कार्तिक २९ २०७४
4.6K
Shares
एनआईसी एशिया बैंकको शाखा विस्तार आक्रमक, प्युठानको जुम्रीमा नयाँ शाखा

कात्तिक २९, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई आक्रमक बनाएको छ । यस क्रममा बैंकको प्युठान नगरपालिका वडा नं. ०४, जुम्रीमा नयाँ शाखा विस्तार गरेको हो । शो शाखाको एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले विधिवत् रुपमा उक्त शाखाको औपचारिक उद्घाटन गर्नुभयो ।

बैंकले यसअघि जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ०५ र महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१ मा नयाँ शाखाहरु विस्तार गरेको थियो । केही दिन अघि मात्र एक समारोहका बिच जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावलले जुम्ला शाखाको र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले बर्दिबास शाखाको औपचारिक उद्घाटन गर्नुभएको छ ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिने एनआईसी एशिया बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij