२०८३ साउन ९ शनिबार

सुरक्षा परिषद्को बैठक निर्वाचनमा केन्द्रित हुने

ई आर्थिक    बुधबार, कार्तिक १ २०७४
3.6K
Shares
सुरक्षा परिषद्को बैठक निर्वाचनमा केन्द्रित हुने

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बुधवार बसेको बैठकले असार १४ गते हुन गइरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षामा केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकका रुपमा परिषद्ले निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिए ।

निर्वाचनमा सर्वसाधारणले स्वतन्त्रतापूर्वक मतदान गर्नसक्ने वातावरणको सिर्जना गर्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

निर्वाचनको विषयमा आवश्यक निर्णय गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्न लागेको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री कार्की, गृहमन्त्री जनार्दन शर्मा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij