२०८३ साउन ९ शनिबार

एनआईसी एशिया बैंकको घर कर्जामा छुटको अफर, बैंकले ठूलो संख्यामा कर्मचारीलाई जानबी कोर्स गराउने

ई आर्थिक    बिहिबार, असोज १९ २०७४
4.4K
Shares
एनआईसी एशिया बैंकको घर कर्जामा छुटको अफर, बैंकले ठूलो संख्यामा कर्मचारीलाई जानबी कोर्स गराउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ ।

नेपालमै पहिलो पटक ल्याइएको यस्तो अफरलाई बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको हो ।

यस योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिने जानकारी बैंकले दिएको छ ।

यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रीम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुररशुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

बैंकले नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध गराउने जानकारी दिएको छ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नगर्ने बैंकले जानकारी दिएको छ ।

उक्त कर्जाका लागि अनलाइनबाटै बैंकको वेबसाइटमार्फत् कर्जाका योग्यता जाँच गरी आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार टर्म लोन वा ओभरड्राफ्ट कर्जा प्रदान गरिनेछ ।

यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) अत्यन्त लचिलो विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको कोम्बो प्रोडक्ट को रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ ।

यस बाहेक पनि सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क र दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने छ ।

यस्तो प्रकारको उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको होम लोन प्रोडक्ट जारी गर्ने एन आईसीएशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक भएको छ । यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

ठूलो संख्यामा कर्मचारीलाई जानबी कोर्समा संलग्न गराउने पनि पहिलो बैंक
एनआईसी एशिया बैंकका ३ सय ८८ जना कर्मचारीहरुलाई जानबी कोर्समा संलग्न गराउने गरी बैंक र नेशनल बैंकिङ ईन्ष्टिच्युटबीच सम्झौता भएको छ ।

सम्भौतापत्रमा बैंककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एनबीआइका कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका छन् ।

बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जानबी कोर्ष गराउने पहिलो बैंक पनि एनआईसी एशिया बैंक भएको बैंकको दाबी छ । यस सम्झौता अनुरुप बैंकले एनबीआइद्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ । जानबी सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरी एनबीआइद्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । त्यस्ता परीक्षाहरु वर्षमा जून र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्ने गरेको एनबीआइले जानकारी गराएको छ । त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३ सय ४८ जना मात्रै जानबी सर्टिफाईड बैंकरहरु रहेको एनबीआइ उल्लेख गरेको छ ।

बैंकले लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजलाई थप गतिशिलता प्रदान गर्नको लागि एक छुट्टै विभागको स्थापना गरेको छ । बैंकले निकट भविष्यमा लर्निङ एण्ड डेभलपमेन्ट एकाडेमीको स्थापना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij