२०८३ साउन ९ शनिबार

काठमाडौंको फोहर फाल्ने ठाउँ अब वन्चरे डाँडा  

ई आर्थिक    मंगलबार, असोज १० २०७४
5.8K
Shares
काठमाडौंको फोहर फाल्ने ठाउँ अब वन्चरे डाँडा   

काठमाडौँ, १० असोज– काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ ।

नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिए ।

उनका अनुसार वनचरीमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको छ । अब कामपाको फोहर संकलन गर्ने स्थान नुवाकोटको वनचरे नै हो ।

केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि कामपाको फोहर उठ्न सकेको छैन ।

आजभन्न्दा करिब १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामपाले फोहर फाल्न सहमति गरेको थियो ।

फोहर फाल्ने सहमति भएको समय सकिँदा पनि कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका छन् । कामपाबाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ ।

अबको केही समयमा नै कामपाले प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्यसमेत गर्ने भएको छ ।

कुहिने फोहरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहरमात्र कामपाले व्यवस्थापन गर्ने उपप्रमुख खड्गीले स्पष्ट पारिन् ।

कामपाले हाल विभिन्न स्थानमा थुप्रिएर रहेको फोहर केही दिनमै उठाउने पनि उपप्रमुख खड्गीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij