प्रमुख साहले तीन हजार ४६१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका शिवप्रसाद पटेलले दुई हजार ४१८ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, उपप्रमुखमा विजयी यादवले तीन हजार ८१८ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी राजपा नेपालकी सुनिता साहले तीन हजार ३१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ (रासस)
पर्सा, ७ असोज : बहुदरमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका नितेन्द्रकुमार साह र गायत्री देवी यादव विजयी भएका हुन् ।