२०८३ साउन ९ शनिबार

पाटन नगरपालिकाको बजेट ४८ करोड

ई आर्थिक    बुधबार, असोज ४ २०७४
3.4K
Shares
पाटन नगरपालिकाको बजेट ४८ करोड

४ असोज, बैतडी । पाटन नगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि रु ४८ करोड ५९ लाख १२ हजारको बजेट पारित गरेको छ ।

नगरपालिकाको प्रथम नगरसभाले भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाका सबै वडाका केन्द्रमा सडक पु¥याउने उद्देश्यसहित सडक निर्माणका लागि झण्डै रु तीन करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने र निजी स्रोतका शिक्षकको व्यवस्थापन गर्ने उद्देश्यसहित नगर शिक्षक राख्ने कुरा नगरसभाले पारित गरेको भण्डारीले बताउनुभयो ।

यसैगरी, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यचौकी नभएका वडामा स्वास्थ्यचौकी विस्तार गर्न र अनमी राख्न रु एक करोडको बजेट विनियोजन गरेको छ । कृषि तथा उद्यमशीलतालाई महत्व दिँदै कृषिका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने नगरसभाले निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij