२०८३ साउन ९ शनिबार

सिटिभी मोबाइलको हात खाली नजाने अफर : सुनचाँदीको सिक्का, बाइक देखि बिदेश घुम्ने अवसर

ई आर्थिक    मंगलबार, असोज ३ २०७४
5.8K
Shares
सिटिभी मोबाइलको हात खाली नजाने अफर : सुनचाँदीको सिक्का, बाइक देखि बिदेश घुम्ने अवसर

३ असोज, काठमाडौं । लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाइ हात खाली नजाने उपहार योजना ल्याएको छ ।

ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ ।

दशैं र तिहारमा मोबाइल खरिद गर्ने आफ्ना ग्राहकहरुले सिटिभीमा मोबाइल किन्दा ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार र सिटिभी मोबाइलले राखेका हात खाली नजाने उपहार समेत पाउने छन् । हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिशर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेको छन ।

दशैं देखि तिहार सम्म सिटिभीमा मोबाइल खरिद गर्ने ग्राहकहरुले ६ देखि ६० प्रतिशत सम्म छुटमा मोबाइल खरिद गर्न सक्नेछन् ।

मोबाइल एक्सचेन्ज सँगै ६० मिनेटको फेस टु फेस मोबाइल मर्मतको सुबिधा पनि राखेको सिटिभी मोबाइलका निर्देशक संगम राइले बताए ।

बिश्व बजारमा पाइने सबै ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको सिटिभी मोबाइलले हरेक बर्ष दशैं र तिहारको अबसर पारी बिभिन्न उपहार र बम्पर उपहार योजना ल्याउने गरेको छ ।

नेपालमा पहिलोपटक मल्टिब्राण्ड मोबाइल सोरुमको अबधारणा ल्याएको सिटिभी मोबाइल ग्रुपले दरबारमार्गस्थित मर्कन्टायल प्लाजमा एप्पल वल्र्ड मोबाइल, केएल टावरमा केएल मोबाइल हब, ताम्राकार कम्प्लेक्समा सिटिभी मोबाइल तथा सिटिभी केयर र सुन्धारस्थित सिटिसी मलमा द वल्र्डभिजन मोबाइलको मल्टिब्राण्ड सोरुममार्फत कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij