२०८३ साउन ९ शनिबार

नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि रहेको एकमात्र ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गरिने

ई आर्थिक    मंगलबार, असोज ३ २०७४
2.7K
Shares
नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि रहेको एकमात्र ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गरिने

३ असोज, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ ।

त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेश बिन्दु थप गर्ने सम्बन्धमा मित्रराष्ट्र भारतसँग द्विपक्षीय वार्ता र छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । हाल सिमराको हवाई मार्गबाट मात्र अन्तर्राष्ट्रिय विमान नेपाल भित्रने गरेका छन् ।

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले हालै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ३२ बुँदे भावी कार्ययोजना हवाई मार्ग प्रवेश बिन्दुका लागि सम्बन्धित पक्षसँग थप छलफल गरी टुंगोमा पु¥याइने उल्लेख छ । विमान बाहिरिने बिन्दु (एक्जिट प्वाइन्ट) का लागि काँकडभिट्टा हवाई मार्गलाई उपयोग गर्ने गरी अनुमति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा विदेशबाट आउने सबै विमान सिमराको आकाश हुँदै अवतरण गर्ने गरेका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाँदा विराटनगर, तुम्लिङ्टार, जनकपुर, महेन्द्रनगर हुँदै विमान बाहिरिने गरेका छन् ।

यसअघि आफ्नो उड्डयन आकाशमा समस्या आउने भन्दै भारतले थप हवाई मार्ग प्रयोग गर्न मानेको थिएन । नेपालको पहलपछि जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट समेत विमानलाई नेपाल प्रवेश गर्न दिन भारत सैद्धान्तिकरुपमा सहमत भएको बताइएको छ ।

अहिले पश्चिम या पूर्व जताबाट विमान आए पनि भारतीय आकाशबाटै सिमरा हुँदै काठमाडौँ भित्रनुपर्छ । नयाँ हवाई मार्ग थपिए मध्यपूर्वी देशबाट नेपाल आउने दूरी छोटो हुनेछ । खाडी मुलुकबाट नेपाल आउने भाडासमेत कम हुने सम्बद्ध अधिकारी बताउँछन् ।

नेपालले विभिन्न ३८ वटा मुलुकसँग हवाई उडान सञ्चालनसम्बन्धी दुईपक्षीय सम्झौता गरेको भए पनि अहिले २८ वटा विदेशी विमान सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij