२ असोज, काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङले सर्वोच्च अदालतको आदेशविपरीत अस्पतालको हाताभित्र निजी फामेर्सी हटाउन अटेरी गरेको छ ।
सर्वोच्चले अस्पताल परिसरभित्रका निजी फार्मेसी हटाउन आदेश दिएको २ बर्ष वित्दा पनि टिचिङले अझै हटाएको छैन ।
सरकारले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने निर्णय गरी अघिल्ले बर्ष नै आवश्यक रकमसमेत निकासा गरिसकेको थियो ।
सर्वोच्चको आदेशअनुसार सरकारी अस्पतालभित्र निजी फार्मेसी सञ्चालनमा रोक लगाईएको छ ।
निजि फार्मेसी सञ्चालन नियन्त्रण गर्न सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका ०७२ जारी गरेको छ ।
टिचिङले भने उक्त निर्दशिकाविपरित अस्पताल परिसरभित्र निजी फार्मेसी चलाईरहेको छ ।, आजको कान्तिपुरबाट