२०८३ साउन ९ शनिबार

तेस्रो चरणको निर्वाचन : असोज २ गते तराईका आठ जिल्लालाई सार्वजनिक बिदा

ई आर्थिक    शुक्रबार, भाद्र ३० २०७४
2.6K
Shares
तेस्रो चरणको निर्वाचन : असोज २ गते तराईका आठ जिल्लालाई सार्वजनिक बिदा

३० भदौ, काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्)को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

तराईका आठ जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न हुन गइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij