२०८३ साउन ९ शनिबार

जुवाडेमाथी प्रहरीको निगरानी : २१ जना जुवाडे पक्राउ

ई आर्थिक    बुधबार, भाद्र २८ २०७४
2.9K
Shares
जुवाडेमाथी प्रहरीको निगरानी : २१ जना जुवाडे पक्राउ

२८ भदौ, चितवन । चाडपर्व नजिकिँदै गर्दा चितवनमा प्रहरीले जुवा, तास नियन्त्रण अभियान शुरु गरेको छ ।

सोही अभियानअन्तर्गत मंगलबार राति ११ बजे भरतपुर ओरालोको थकाली भान्साघर तथा गेष्टहाउसमा कौडा खेलिरहेको अवस्थामा अमेरिकी डलर एक सय र भारतीय रुपैयाँ ५० सहित १२ लाख ३७ हजार ३१० रुपैयाँसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कारबाही भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij