२०८३ साउन ९ शनिबार

हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

ई आर्थिक    बुधबार, भाद्र २८ २०७४
2.3K
Shares
हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

२८ भदौ, रसुवा। रसुवा जिल्लाको भू–भागमा उडान भर्ने हेलिकप्टर कम्पनीहरूले विमानस्थलबाट उड्नुअघि रसुवा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार हेलिकप्टर अवतरण गर्ने स्थानमा सुरक्षा दिनु नेपाल प्रहरीको दायित्व भएको र कुन ठाउँमा हेलिकप्टर बस्छ ठेगान नहुँदा सुरक्षा प्रदानमा असहज भएका कारण रसुवाली आकासमा रमाना हुनुपूर्व जिल्ला प्रहरी रसुवाको टेलिफोन नं ०१०५४०१९९ खबर गरिदिने वातावरण सिर्जना गरिदिन आग्रह गरिएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अधिकांश भू–भागमा हेलिकप्टर अवतरण गर्ने र हेलिकप्टरका यात्रुले अवैध चीज बोक्नसक्ने आशंकासमेत बडेकाले जाँच परीक्षणको समेत आवश्यक देखिएको बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij