२०८३ साउन ९ शनिबार

पुर्व सांसदलाई पनि पेन्सन् : भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

ई आर्थिक    बुधबार, भाद्र २८ २०७४
3.9K
Shares
पुर्व सांसदलाई पनि पेन्सन् : भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

२८ भदौ, काठमाडौं । संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ ।

महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पुर्व सांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो ।

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसद्को कार्याकाल रहने संवैधानिक ब्यवस्था संविधानको धारा २९६ को उपधारा १ को प्रतिबन्धात्मक ब्यवस्थाका कारण संविधान निर्माता ५ सय ९१ सांसद असोज ४ मा भुतपुर्व हुँदैछ ।

-राष्ट्रपति उपराष्ट्रपतिको सुविधा विधेयकमा सहमति
-पुर्वसांसद्को पनि सुविधा थप्न काग्रेस सांसद तथा पुर्वसांसद क्लवका पदाधिकारीको दबाब
-प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी मनोनयनको अघिल्लो दिन असोज ४ देखि ५९१ सांसदा भुपु हुँदै । आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij