२०८३ साउन ९ शनिबार

नेपाली सेनाको टोलीद्वारा सिलिण्डर बम निष्क्रिय

ई आर्थिक    सोमबार, भाद्र २६ २०७४
2.3K
Shares
नेपाली सेनाको टोलीद्वारा सिलिण्डर बम निष्क्रिय

२६ भदौ,पोखरा । पोखरा– लेखनाथ महानगरपालिका– ९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा अज्ञात व्यक्तिले सिलिण्डर बम राखेर गएको प्रहरीले खबर पाएपछि सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

निगमको सो जग्गामा सडक व्यापारीले व्यापार सञ्चालन गर्देै आएकामा केही महिनाअघि अर्को कम्पनीले बोलपत्र पारेपछि भत्काएर नयां व्यापारिक टहरा निर्माण शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij