२०८३ साउन ९ शनिबार

स्याङ्जामा जनता आवास अन्तर्गत ९६ घर निर्माण हुँदै

ई आर्थिक    सोमबार, भाद्र २६ २०७४
3K
Shares
स्याङ्जामा जनता आवास अन्तर्गत ९६ घर निर्माण हुँदै

२६ भदौ, वालिङ (स्याङ्जा) । जनता आवास कार्यान्वयन एकाइ अन्तर्गत स्याङ्जाका विभिन्न चार स्थानमा ९६ वटा घर निर्माण भइरहेका छन् ।

कास्कीस्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको जनता आवास कार्यान्वयन एकाइमार्फत अति विपन्न, माझी तथा पिछडा वर्गका लागि ती भवन निर्माण गरिएको हो ।

उक्त कार्यालयका शाखाअधिकृत प्रेमप्रसाद पाण्डेकाअनुसार स्याङ्जामा एक सयवटा घर निर्माणका लागि प्रक्रिया अघि बढाइए पनि चारवटा घरको सम्झौता नभएका कारण निर्माण हुन सकेको छैन ।

स्याङ्जाको वालिङ नगरपालिकामा ३२, पुतलीबजारमा १९, भीरकोटमा २२ र चापाकोट नगरपालिकामा २३ गरी जिल्लाभरी ९६ वटा अति विपन्न, माझी तथा पिछडा वर्गका समुदाय छनोट गरी घर निर्माण गरिएको छ ।

“दुईलाख १० हजार र शौचालय निर्माणका लागि २४ हजार गरी प्रतिघर रु दुई लाख ३४ हजार बजेट हामीले तीन किस्तामा दिने गरेका छौं” सो कार्यालयका लेखा अधिकृत विनोद गौतमले भन्नुभयो,” “तीन किस्ताको रकम भुक्तानी भइसकेको छ भने अब अन्तिम किस्ता दिने तयारीमा रहेका छौं ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij